एजेन्सी– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गको दोस्रो खेलमा नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। थाइल्याण्डको टर्डथाइ क्रिकेट मैदानमा जारी खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। उसको लागि निजाकत खानले २९ बलमा ४८ रन बनाए भने अइजज खानले २९ रनको योगदान दिए। त्यस्तै अर्शद मोहम्मदले २७ रन, शाहिद वासिफले २६ रन बनाए।
नेपालको बलिङमा सन्दीप लामिछाने र सुशन भारीले समान २–२ विकेट लिए भने पारस खड्काले एक विकेट लिए। नेपालले अहिले जवाफि ब्याटिङ गर्दैछ। पहिलो खेलमा मलेसियासँग नेपाल २२ रनले पराजित भएको थियो।