एजेन्सी– बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग स्वरुप एक करोड भारु दिने घोषणा गरेका छन्।
निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई उक्त रकम दिने घोषणा गरेका हुन्। उनले भने, ‘परिवारलको लागि यो सहयोग ठूलो नभएपनि सहयोग स्वरुप १ करोड दिने घोषणा गरेको हुँ।’
उनले सेट सुरक्षित हुँदा हुँदै पनि भएको दुर्घटनामा विश्वास गर्न गाह्राे भएको बताएका छन्। ईभीपी फिल्म सेटमा गत फेब्रुअरी १९ को रातमा सेटमा क्रेन भाँचिएर तीन प्राविधिकको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन्। दुर्घटनामा अभिनेता कमल हसन, अभिनेत्री काजल अग्रवाल र निर्देशक एस शंकर पनि घाइते भएका थिए।