एजेन्सी – साउथका अभिनेता चियान विक्रमको फिल्म ‘कोब्रा’ को फर्स्ट लुक सार्वजनिक भएको छ। शुक्रबार रिलिज गरिएको फर्स्ट लुकमा विक्रमलाइ असाधारण अवतारमा देख्न सक्छौं।
विक्रम फिल्ममा विभिन्न प्रकारका फिजिक्स खेलमा कहिले पनि असफल नहुने अभिनता हुन्। यस पोस्टरमा सात उनी विभिन्न लुकमा देखिन्छन्। यस्तो देखिन्छ कि विक्रमका सबै पात्रहरू एक अर्कासँग सम्बन्धित छन्।
‘केजीएफ’ फिल्मको अभिनेत्री श्रीनिधि शेट्टी फिल्ममा मुख्य अभिनेत्रीकाे भूमिकामा छिन् जबकि क्रिकेटर इरफान पठानले टर्कीको इन्टरपोल अफिसरको भूमिका खेल्दैछन्।
साथै, निर्देशक रविकुमार, आनंद राज, मिर्न्लिनी रवि, ममुक्कोया र मोहम्मद अली बेग प्रमुख भूमिकामा देखा पर्नेछन्। फिल्म ललित कुमारको सात स्क्रिन स्टुडियोले निर्माण गरेको हो।