एजेन्सी– कोरोना (कोभिड १९) भाइरस शुरु भएको राष्ट्र चीनको भ्रमणबाट फर्केका मंगोलियाका राष्ट्रपतिले पनि १४ दिने क्वारेन्टाइनमा बस्नु परेको छ।
चीन भ्रमणमा गएका राष्ट्रपति बात्तुल्गा खल्त्मा र उनको प्रतिनिधिमण्डल स्वदेश फर्केलगत्तै १४ दिनका लागि क्वारेन्टाइन पठाइएको हो। राष्ट्रपतिसहित विदेशमन्त्रीलगायत चीन भ्रमणमा गएको प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ।
कोरोना भाइरसको महामारी फैलिएपछि चीन भ्रमण गर्ने खल्त्मा पहिलो विदेशी राष्ट्रप्रमुख हुन्। उनले चीनमा रहँदा चिनियाँ समकक्षी सी जिन्पिङ र प्रधानमन्त्री ली केचियाङ्सँग भेटवार्ता गरेका थिए।