एजेन्सी – बलिउड अभिनेता अली फजल र अभिनेत्री रिचा चड्ढाको विवाह अप्रिल महिनामा हुने पक्का भएको छ। रिचा र अलीबिच २०१३ को रिलिज भएकाे फिल्म ‘फुक्रे’ को सेटमा भेट भएकाे थियाे र त्यसबेलादेखि उनीहरू साथी बनेका थिए।
गत भ्यालेन्टाइन डेको दिन उनीहरूले एक अर्कालाई प्रपाेज गरेका थिए। उनीहरुले मुम्बइको अदालतमा कानुनी बिहेका लागि निवेदन दिएका छन् र ३ महिना भित्रमा कोर्ट म्यारिज गरिसक्नुपर्नेछ।
अभिनेत्री रिचा चड्ढाले बलिउडमा ‘ओए लक्की लक्की ओए’ बाट प्रवेश गरेकी थिइन्। रिचाले चलचित्र ‘ग्याङ्ग्स अफ वासिपर १ र २’ मा उत्कृष्ट अभिनय गरेको भन्दै फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड पनि पाएकी थिइन्।
