एजेन्सी– भारतका सम्पन्न परिवारमध्ये बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको परिवार पनि गनिन्छन्। बलिउडमा पनि बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ। यो परिवारलाई बलिउड उद्योगमै धनि परिवारको रुपमा चिनिन्छ।
करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ।भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ। जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ। उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ।
मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ। समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन्। उनीहरुसँग १२ वटा गाडी छ। जया बच्चनसँग ६२ करोड भारुको गहना मात्रै छन्।