एजेन्सी– तामिल फिल्म ‘कैथी’ को हिन्दी रीमेकमा बलिउड अभिनेता अजय देवगन मुख्य भूमिकामा देखिने भएका छन्। अजय देवगनले आफ्नो अन्तिम फिल्म ‘तन्हाजी द अनसंग वारियर’ बाट दर्शक र आलोचकहरूको मन जितेका थिए।
उनी तामिल एक्शन ब्लकबस्टर ‘कैथी’ को हिन्दी रीमेका लागि तयार छन्। अजय देवगनले आफनो ट्विटरमा लेखेका छन्, “हो, म तामिल फिल्म ‘कैथी’ काे हिन्दी रीमेक गर्दैछु र याे फिल्म फेब्रुअरी १२, २०२१ मा रिलीज हुन्छ।"
यस फिल्म एसआर प्रभुको ड्रीम वारियर पिक्चर्स र रिलायन्स एन्टरटेन्मेन्टद्वारा निर्माण गरिनेछ। कार्तिक स्टारर ‘कैथी’, जुन २५ अक्टोबर २०१९ मा रिलीज भएकाे थियाे। उक्त फिल्म एक पूर्व अपराधीको वरिपरि घुम्छ, जो आफ्नी छोरीलाई पहिलो पटक भेट्न जाँदैछ। ‘कैथी’ फिल्मले तामिलमा दर्शक र आलोचकहरूको मन जितेका थियाे र बक्स अफिसमा आक्रामक व्यापार गरेकाे थियाे।
https://www.youtube.com/watch?v=g79CvhHaj5I