एजेन्सी– बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘हिरोपन्ति २’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। टाइगर श्राफले २०१४ मा फिल्म ‘हिरोपन्ति’ बाट बलिउडमा आफ्नाे यात्राकाे शुरुवात गरेका थिए।
उक्त समयकाे ब्लकबस्टर फिल्मकाे दाेस्राे पार्टलाइ अर्को चरणमा लानको लागि उनले तयारी गरिरहेका छन्। पोस्टरमा टाइगरले कालो सूट लगाएकाे र हातमा बन्दूक समातिएको देख्न सकिन्छ।
यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुन्। ‘हिरोपन्ति’ फिल्म सब्बीर खानले निर्देशन गरेक थिए। तर ‘हिरोपन्ति २’लाइ ‘बागी ३’ निर्देशक अहमद खान निर्देशन गर्ने भएका छन्।
हिरोपन्तिको पहिलो भागमा कृति सैनन मुख्य भूमिका थिइन्, तर ‘हेरोपन्ति २’ को निर्माताले अभिनेत्री को नाम घोषणा गरेका छैनन्। निर्माताले फिल्म १६ जुलाई २०२१ मा रिलिज हुने खुलासा गरेका छन्।