काठमाडौं– फागुन महिनामा थुप्रै कलाकारहरुले लगातार विवाह गरिरहेका छन्। बिहीबार नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले कानुनीरूवमा विवाह गरे भने नायिका आँचल शर्मा प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन्।
त्यस्तै बिहीबार नै नाट्य क्षेत्रमा सक्रिय अभिनेता विजय बरालले पनि रंगकर्मी प्रमिला खनालसँग विवाह गरेका छन्। बरालले रंगमञ्चबाट आफ्नो अभिनय यात्रा अगाडि बढाए पनि पछिल्लो समय ठूलो पर्दामा पनि सक्रिय छन्। उनी फिल्म ‘कबड्डी’ बाट चर्चामा आएका थिए।
उनले ‘साँघुरो’, ‘झुम्कि’, ‘हाउ फन्नी’, ‘पण्डित बाजेको लौरी’, ‘मिस्टर भर्जिन’ लगायतका चलचीत्रमा काम गरीसकेका छन्। प्रमिला पनि रंगकर्मी हुन्। उनले ’महाभोज’, ‘सकेको तिरौंला, नत्र फिरिमा’, ‘जालिनी’ लगायतका नाटकमा अभिनय गरेकी छन्। उनी बेली डान्सको सर्टिफाइड प्रशिक्षकसमेत हुन्।