काठमाडौं– प्रद्युम्न मिश्रको निर्देशनमा बनेकाे फिल्म ‘धुलो’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ। सिङ्गल रिलिजको अवसर पाएको यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो।
यो फिल्मले देशभरका सबै चलचित्र घर भने पाएको छैन। अघिल्लो साताबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टिभाइरस’ ले पनि केही चलचित्र घर अझै ओगटेका छन्।
काठमाडौँको सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा याे चलचित्र निर्माण भएको छ।
फिल्म ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ।
फिल्ममा ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीत समेत रहेको छ। जसमा अभिनेत्री दीपाशा बिसी हट अवतारमा प्रस्तुत भएकी छिन्। दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्।