काठमाडौं– नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन्। प्रियंका कार्कीको जन्मदिनकाे दिन नै उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्।
यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए। उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन्। भोलि शुक्रबार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्ने बताइएकाे छ।
यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन्। शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको आयोजना गरेका छन्।