एजेन्सी– बलिउडका सुपस्टार सलमान खानले महाराष्ट्राका बाढी प्रभावित गाउँकाे जनतालाई सहयाेग गर्ने भएका छन्। मनैदेखिका नायक सलमानले २०१९ मा आएकाे बाढीका कारण प्रभावित महाराष्ट्रको कोल्हापुर जिल्लाको खिद्रापुर गाउँमा घर पुनर्निर्माण गरिदिने भएका छन्। त्यसकाे लागि उनी ऐलान ग्रुपमा सामेल भएका छन्।
अहिले सलमान आफ्नो आगामी फिल्म ‘राधे’ को शूटिङ्गमा व्यस्त छन्। प्रभुदेवा निर्देशित यस फिल्ममा सलमान आफ्नो ‘भारत’ फिल्मकाे काे– स्टार दिशा पाटनीसँग रोमान्स गर्दैछन्।
https://www.instagram.com/p/B9EDpqWF6Nf/?utm_source=ig_embed