एजेन्सी– बलिउड अभिनेत्री कोंकणा सेन शर्मा र अभिनेता रणवीर शोरे सन् २०१० मा विवाह बन्धनमा बाँधिएका थिए। तर उनीहरु सन् २०१५ मा अलग्गिएका थिए। अब याे जाेडीले आधिकारिक रुपमा सम्बन्ध विच्छेद गर्ने भएकाे छ। रिपोर्टका अनुसार उनीहरूले सम्बन्ध विच्छेदको लागि आपसी सहमतिबाट कानुनी बाटाे अपनाउने भएका छन्।
रिपोर्टको अनुसार सबै औपचारिकताहरू पहिले नै सकिसकेका छन् र आधिकारिक पुष्टि आगामी ६ महिनामा हुनेछ। कोंकणा सेन शर्मा र रणवीर शोरेकाे ६ बर्षको छोरा हरून छन्। उनीहरूबिच बच्चाको विषयमा कुनै सहमति भएको छैन। २०१५ मा कोंकणा सेन शर्मा र रणवीर शोरेले बिछोडको पुष्टि गरेका थिए। रणवीरले विभाजनको लागि आफैँलाई दोष दिएका थिए।