एजेन्सी– बलिउडको सेलिब्रेटीहरु विवाहका लागि सधैं चर्चामा रहने गर्छन्। बलिउडका स्टार बरुण धवन नताशासँगकाे विवाहको लागि चर्चामा छन्। बरुण धवन र नताशा रिलेसिनसिपमा रहेको बताइन्छ।
यी जोडीलाइ धेरै कार्यक्रमहरुमा सँग देख्न सकिन्छ। उनीहरूले आफ्नो विवाहको लागि नयाँ घर मुम्बई नगरीमा हेरिरहेका छन्। केही दिनअघि नेहा कक्कर र आदित्य नारायण झाबीच विवाहको चर्चा चल्यो। तर, पछि थाहा भयो इन्डियन आइडलको टिआरपीको लागि रचिएको त्याे एक खेलमात्र थियो।
नताशाका बुबाको जन्मदिनमा याे जोडीको रोकासमेत भइसकेको खबर आए। तर यसबारे न नताशाले केही बताइन् न बरुण धवनले नै। तर दुबैको विवाह मिति पनि तोकिसकिएको बताइएको छ।
