एजेन्सी– बलिउडका सुपस्टार सलमान खानको फिल्म ‘राधे’ को टिजर मार्च महिनामा सार्वजनिक हुने भएको छ। होलीको समयमा फिल्मको टिजर सार्वजनिक गर्ने बताइएको छ। प्रभु देवाले निर्देशन गरेकाे उक्त फिल्म सन् २०२० को इदमा रिलिज हुनेछ।
सलमान खानको फिल्म ‘दंबग ३’ ले बक्स अफिसमा राम्रो कमाई गरे पनि समिक्षकहरुबाट खासै गतिलो प्रतिक्रिया भने पाउन सकेको थिएन। तर राधे फिल्मले आलोचकहरुको मुख बन्द गरिदिने र एक पटक फेरी सलमान खानले बक्स अफिसमा राज गर्ने बताइएको छ।
