एजेन्सी– अमेरिकाको एक बियर कम्पनीमा गोलीबारी हुँदा पाँचजनाको मृत्यु भएको छ।
मिलौकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनीमा ५१ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणकारी मिलौकी क्षेत्रकै बासिन्दा रहेको प्रहरीले पहिचान गरेको छ। हमलाकारी स्वयं मृत अवस्थामा छन्। तर किन हमला गरेका थिए भन्ने यकिन हुन सकेको छैन।
सयौं कामदार नियमित काममा भइरहँदा अचानक गोली प्रहार भएको थियो। मिलौकीका मेयर टम बर्रेटले यो घटनालाई सहरकै दुखद् दिन भएको प्रतिक्रिया दिए। प्रहरीका अनुसार मृत्यु हुने पाँचैजना उक्त कम्पनीका कामदार थिए। राष्ट्रपति डोनल्ड ट्रम्प्ले भने मृतकलाई श्रद्धाञ्जली दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन्।