एजेन्सी– अभिनेत्री प्रियंका चोपडा र निक जोनस विवाह बन्धनमा बाँधिएकाे एक वर्ष भइसक्दा पनि उनीहरुको बारेमा चर्चा हुन भने छोडेको छैन। बलिउड र हलिउडका फ्यानले उनीहरुको जोडीलाई लिएर निकै चासो देखाउने गरेका छन्।
प्रियंका निक जोनस भन्दा १० वर्ष जेठी छन्। निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन्। हाल निक जोनसले एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन्।
‘द भ्वाइस’ नामक उक्त शोका दौरान अर्की निर्णायक क्याली क्लार्कसनले जिस्किँदै निकलाइ सोधिन् – मेरो उमेर ३७ हो, तपाईंको त शायद २७ हाेला हैन? यो प्रश्नपछि निकले बुझे कि, आखिर उनले के सोध्न खोजिरहेकी थिइन्। निकले जवाफ दिए – मेरी पत्नीको उमेर ३७ भयो। मलाई यो कुराले कुनै समस्या भएको छैन।
निकको यो जवाफ सुनेर उपस्थित दर्शकले ताली बजाएका थिए। निकले पनि उक्त मोमेन्टको रमाइलो माने। प्रियंकाले पनि यस्तो प्रश्नको धेरै पटक सामना गरिसकेकी छिन्। एक अन्तर्वार्तामा प्रियंकाले पनि भनेकी थिइन् – यो कुराले मलाई फरक पर्दैन, मलाई लाग्छ कि मिडियाले हामीलाई ट्रोल बनाउनमा महत्त्व दिइरहेको छ, हामी यस्ता ट्रोलका बारेमा कुरा पनि गर्न चाहन्नौँ।