एजेन्सी– हलिउड फिल्म निर्माता तथा अभिनेत्री ब्राइस डलास होवार्डले बुधवार सोशल मीडियामा जुरासिक वर्ल्डकाे अर्काे भागकाे शीर्षक सार्वजनिक गरेकी छिन्। ‘जुरासिक वर्ल्ड डाेमिनियन’ नाम राखिएकाे उकत फिल्मकाे सुटिङ शुरू भएकाे छ।
जुरासिक वर्ल्ड डोमिनिनमा होवार्ड, क्रिस प्र्याट, लौरा डर्न, साम नील र जेफ गोल्डब्लम मुख्य भूमिकामा छन्।
फिल्मका अभिनेताले मार्वलकाे इन्डगेममा जस्तै गरी जुरासिक पार्कबाट सबै कास्ट फिर्ता आउने भन्दै खुसी महशुस भएकाे बताएका छन्। यो फिल्म जुन ११, २०२१ मा रिलिज हुँदैछ।