एजेन्सी– बलिउड फिल्म ‘बागी ३’ को नयाँ गीत ‘डु यु लभ मि’ को टिजर सार्वजनिक भएकाे छ। उक्त फिल्मका अभिनेता टाइगर श्राफले गीतको टिजर सार्वजिनक गरेका छन् जसमा उनकी प्रेमिका दिशा पटानीलाई हट अवतारमा प्रस्तुत गरिएकाे छ।
टिजरले आगामी फिल्म बागी ३ काे उक्त गीतमा बाेल्ड आइटम डान्स रहेकाे देखाएकाे छ।
‘बागी ३’ स्टार टाइगर र श्रद्धा मुख्य भूमिकामा छन् भने फिल्ममा रितेश देशमुखले टाइगरको भाईकाे भूमिका र ज्याकी श्राफले टाइगरको बुबाको भूमिका खेलेका छन्। एक्शन थ्रिलर फ्रेंचाइजी ‘बाघी ’को ‘बाघी ३’ तेस्रो भाग हो। अहमद खानले निर्देशन गरेको यो फिल्म आउँदो मार्च ६ मा रिलिज हुँदैछ।
https://www.youtube.com/watch?v=pFXEXBHLTrM