काठमाडौं– नेपाली चलचित्र प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ बोलको गीत भारतीय फिल्म ‘रोवोट’बाट कपी गरेकाे पाइएकाे छ। ‘रोवोट’ मा समावेश गीत ‘किलिमन्जरो’ र ‘हाती ढुङ्गामा’ गीतकाे छायाँकनसँगै लय पनि मिल्दाेजुल्दाे देखिन्छ।
२०१३ सेप्टेम्बर १३ मा रिलिज भएको जेविड अलि र चिनमाहिको ‘किलिमन्जरो’मा स्वनन्द किरकारीको शब्द रहेको छ भने संगीत एआर रहमानले दिएका हुन्।
सागर आले र मेलिना राईको स्वरमा रहेको ‘हाती ढुङ्गामा’ गीतको शब्द हर्क साउदले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन्। भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ। छायाकंन मुस्ताङमा गरिएको छ।
संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। सन्तोष सेनले निर्माण गरेकाे यो फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ। राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ। फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ। यो फिल्म चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदै छ।
‘रोवोट’ मा समावेश गीत ‘किलिमन्जरो’
https://youtu.be/zBiitEDB74U?t=1
प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’
https://youtu.be/UaeScocRNsQ?t=67