एजेन्सी– तलब सुविधा बढाउनुपर्ने माग राख्दै प्रहरी नै आन्दोलनमा उत्रिएपछि ब्राजिलको उत्तरी सेआरा राज्यमा हिंसात्मक घटना बढ्दै गएको छ।
ब्राजिलका अधिकारीको अनुसार १९ फेब्रुअरीबाट राज्यका सशस्त्र प्रहरी हड्तालमा उत्रिएयता पछिल्ला ५ दिनमा १ सय ४७ जनाको भइसकेको छ। यो संख्या राज्यमा नियमितभन्दा ५ गुणा धेरै रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ब्राजिलियन कानूनको विरुद्धमा गएर प्रहरीहरु हड्तालमा उत्रिएपछि त्यहाँ सेना परिचालन गरिएको छ। तर पनि हिंसा भने अझै बढिरहेको छ। केही दिनअघिमात्रै सेअराको एउटा अदालतले आन्दोलनकारी प्रहरीलाई जेल सजाय हुनसक्ने फैसला गरेको थियो। त्यसयता २ सय जनाभन्दा बढी प्रहरीलाई बर्खास्त गरिएको छ।
हिंसात्मक घटना बढेसँगै त्यहाँ कार्निभल समारोहहरु स्थगित गरिएको छ। सोमबारमात्र केअरा राज्यको सोब्राल शहरमा एकजना सिनेटरको हत्या प्रयास गरिएको थियो। आन्दोलनकारी प्रहरीको भीडतर्फ जानेक्रममा उनलाई नकाबधारीले गोली प्रहार गरेका थिए। उनको स्थीर अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।