एजेन्सी– भारत र अमेरिकाबीच तीन अर्ब डलर बराबरको सम्झौता भएको छ। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार राजधानी दिल्लीमा उक्त सम्झौता भएको हो।
आज फर्किन लागेको अमेरिकी राष्ट्रपति ट्रम्पसँगको लामो छलफलपछि सम्झौताको भएको समाचारमा जनाइएको छ। दुईदिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प आज फर्किँदै छन्। दिउँसो दिल्लीमा भएको सम्झैतापछि राष्ट्रपति ट्रम्पले भारतको यो भ्रमण कहिल्यै नविर्सने बताएका छन्। २४ एमएच ६० रोमियो हेलिकप्टर खरिदका लागि २ अर्ब ६० करोड बराबरको सम्झौता भएको छ। ट्रम्पले भने– ‘सम्झौता दुबै देशका लागि रक्षा समबन्ध बढाउन मजबूत हुनेछ।’ उनले अमेरिका र भारतबीच सम्झौताले आशातीत प्रगति भएको दाबीसमेत गरेका छन्।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी गराएका थिए। ‘हामी दुबै देशका बीचमा उर्जा, व्यापार समझदारीका बारेमा पनि चर्चा भएको छ,’ मोदीले भने ‘ ‘रक्षा क्षेत्रमा भारत र अमेरिकाबीच प्रगाढ समबन्ध हुन हामी दुबैका लागि महत्वपूर्ण पक्ष हो’ उनले पछिल्ला तीन वर्षमा दुबै देशबीचको द्विपक्षीय व्यापारमा बढोत्तरी भएको बताए। व्यापार सन्तुलित रहेको उनको दाबी छ। अमेरिकी कम्पनीमा भारतीय ‘टेक्नोलोजी लिडर’ लाई दृढ बनाएको विश्वास व्यक्त गरे।
राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी र मैले आतंकवादविरुद्धको अभियानमा एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। उनले भने ‘प्रधानान्त्री मोदी र मैले आफ्ना नागरिकलाई कट्टर इस्लामिक आतंकवादबाट संरक्षण गर्न प्रतिबद्धता जनाएका छौं।’ अमेरिकाले नाम नलिए पनि पाकिस्तानबाट संचालित इस्लामिक आतंकवादलाई निरुत्साहित गर्न भारतलाई सघाउने भएको भारतीय संचार माध्यमले लेखेका छन्।