एजेन्सी– इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ।
स्थानीय मिडियाका अनुसार एक केही हप्तादेखि उपचार भइरहेका मुबारकको यही मंगलबार निधन भएको हो। ३० वर्ष इजिप्टमा शासन चलाएका मुबारक २०११ मा आम प्रदर्शनपछि अपदस्थ गरिएका थिए।
उनलाई २०१५ मा अदालतले उनलाई तीन वर्षका लागि जेल सजाय सुनाएको थियो। साथै उनी जेल जीवन बिताएर २०१७ मा रिहा भएका थिए।