एजेन्सी– बलिउड फिल्म निर्माता एकता कपूर एक भिडियाेकाे कारण ट्रोल शिकार बनिरहेकी छिन्। इन्टरनेटमा भाइरल भइरहेको भिडियोमा एकताले मुम्बईको एक मन्दिरको बाहिर बसिरहेका भिखारीलाई केरा ‘दान’ दिइरहेको देखिन्छ।
भिडियोमा एकताले भिखारीतर्फ केरा फ्याँकिरहेको र उनी एकदम हतारमा देखिन्छिन्। यस्तो देखिन्छ कि एकताले भिक्षुलाई छोएर आफैँलाई बचाउन खोजिरहेकी छिन्।
धेरै मानिसहरूले एकता कपूरले गरिब मानिसहरुप्रति भेदभाव गर्ने गरेकाे भन्दै उनकाे आलाेचना गरेका छन्। एकताले धेरै सफल चलचित्रहरू पनि निर्माण गरेकी छिन्। एकता कपूर धेरै सफल टिभी र फिल्म निर्माता हुन्।
https://www.youtube.com/watch?v=0R0zqlxYgo4