एजेन्सी– क्रिकेटर एम एस धोनी र सचिन तेन्दुलकर पछि भारतीय क्रिकेट टाेलीका पूर्व कप्तान तथा बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीको बायोपिकमा फिल्म बन्ने भएकाे छ। रिपोर्टरको अनुसार करण जौहर सौरभ गांगुलीकाे जीवनीमा आधारित फिल्म बनाउने तयारीमा छन्। अभिनेता रितिक रोशनले उक्त बायोपिक फिल्ममा गांगुली भूमिका खेल्ने बताइएकाे छ।
रिपोटरको अनुसार सौरभ गांगुली र करण जोहरबीच यसका लागि दुई पटक बैठक पनि भएको छ। रुमर्सको अनुसार करणको टीमले अहिले मुख्य अभिनेतालाई खोजिरहेको छ त्यसका लागि रितिक रोशनलाई सम्पर्क गरिएको छ।
सौरभ गांगुलीले पहिले बलिउडको बायोपिक्सको बारेमा भनेका थिए, “मलाई एम एस धोनी र सचिन तेन्दुलकरका बायोपिक मन पर्यो र एम एस धोनी तेन्दुलकरको भन्दा अलि फरक नै थियो।" रितिक रोशन अन्तिम पटक टाइगरकाे साथ वार फिल्ममा देखिएका थिए।