काठमाडौं– अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग ईन्गेजमेन्ट गरेकी छिन्। करीब साढे १ वर्ष देखी प्रेम सम्बन्धमा रहेका उनीहरूबिच साेमबार ईन्गेजमेन्ट गरेका हुन्।
काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्युटमा उनीहरुले ईन्गेजमेन्ट गरे। उनीहरुले केही समय अघि मात्रै आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए। यसै वर्ष विवाह गर्ने पक्का भएपछी उनीहरुले प्रेम सम्बन्ध सार्वजनिक गरेका हुन्।
ईन्गेजमेन्टमा दुई परीवारका सदस्यहरू, साथीभाई र इस्टमित्र सामेल थिए। निमन्त्रणा कार्डमा भने शुभ विवाहको लागि शुभकामना दिन पाहुनालाई आमन्त्रण गरीएको छ। केही समय अघि आर्चल शर्मा र चर्चित नायक पल शाहसँग प्रेममा रहेको हल्ला चलेको थियो।
सबैले यो जोडीलाई एकदमै रुचाएका थिए। आँचल शर्माले भने प्रेम सम्बन्धमा नभएको कुरा बताउँदै आएकी थिईन्। उदीप श्रेष्ठसँगको प्रेम सम्बन्ध बाहीरीए पछि पल शाहलाई धोका दिएको भन्दै आँचलकाे फ्यानहरुले नराम्रो प्रतिक्रिया समेत दिएका थिए।