एजेन्सी– बलिउड अभिनेता शाहिद कपूर ठूलो स्क्रिनमा आउँदा चरित्रहरूमा जीवन ल्याउनका लागि परिचित छन्। आज फेब्रुअरी २५ काे दिन उनकाे जन्मदिन परेको छ। उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउँदैछन्। उनलाई अन्तिम पटक फिल्म कबीर सिंहमा देखिएको थियो र उक्त फिल्ममा उनको प्रदर्शनको धेरै प्रशंसा गरिएकाे थियाे।
शाहिद कपूरले आफ्नो क्यारियरकाे सबैभन्दा राम्रो अभिनय दिएका थिए। आफ्नो पेशागत जीवन बाहेक, शाहिद कपूर आफ्नी पत्नी मीरा कपूर र उनका बच्चाहरु मीशा र जैनसँग रमाउने गर्दछन्। उनले आफ्नाे परिवारसँगकाे प्रिय फोटाेृहरू इन्टरनेटमा शेयर गरेका छन्। शाहिदले आफ्नो पर्याप्त समय बिताउँदै धेरै विशेष सम्झनाहरू बनाएका छन्।