एजेन्सी– बलिउडकी अभिनेत्री रेखा पछिल्लो सयम फिल्म क्षेत्रबाट टाढा भएपनि सार्वजनिक कार्यक्रमहरुमा भने बाक्लै रूपमा उपस्थित हुने गरेकी छिन्।
सँधै मिठो मुस्कान र सारीमा सजिएकाे कारण प्रशंसा पाउने रेखा केही दिन अगाडि मात्रै भारतिय चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी थिइन्। त्यसैबिच उनको एउटा भिडियो भाइरल भएको छ।
बलिउड अभिनेत्री रेखाको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनी तस्बिर खिचाइरहेकी हुन्छिन्। तस्बिर खिचाउने क्रममा उनी फ्लोरमा झरेकी छिन्। फ्लोरमा पुगेपछि उनले कुर्सीमा नबसी भुइँमा बसेर प्रशंसकहरुसँग तस्बिर खिचाइन्। त्यसपछि उठ्ने क्रममा सारीमा अल्झिएर लड्न पुगिन्।
सदाबहार सुन्दरी रेखा उक्त कार्यक्रममा सुनौलो रङको बोर्डर भएको सेतो सिल्की सारीमा उपस्थित भएकी थिइन्। उनले सुनौलो रङको झुम्का लगाएकी थिइन्।
भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहाेस्