एजेन्सी– बलिउड फिल्म निर्देशक करण जोहरको फिल्म ‘तख्त’ विवादमा तानिएको छ। फिल्मको पटकथा लेखक हुसेन हेदरीले ट्विटरमा हिन्दुहरुको विरुद्धमा लेखेर शेयर गरेपछि उक्त फिल्म विवादमा तानिएको हो।
उक्त ट्विट पछि फिल्म र फिल्मसँग सम्बन्धित व्यक्तिहरुको आलोचना भइरहेको छ। दर्शकहरुले फिल्मलाई बहिष्कार गर्नेसमेत बताएका छन्। जुम टिभि डट कमको एक रिपोर्टका अनुसार ट्विटरमा ‘हेशट्यागबाइकटतख्त’ अभियान गरिरहेको छ। उनीहरुले हिन्दु विरोधी ट्विट गरेको आरोप लगाएका छन्।
उक्त पोर्टलका अनुसार हुसेनकाे ट्विटर लक्ड भएको छ तर उनको ट्विट स्क्रीनशट गरेर ‘हिन्दु आतंकवाद’ लेखेर शेयर गरिएको छ। थुप्रैले करण जोहरसँग ट्विटको जवाफ मागिरहेका छन्।