एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गुजरातको अहमदाबादमा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बलिउड अभिनेता शाहरूख खान र अमिताभ बच्चनकाे प्रशंसा गरेका छन्। उनले शाहरुख खानकाे फिल्म दिलवाले दुल्हनिया ले जायेंगे (डीडीएलजे) र अमिताभ बच्चन–धर्मेन्द्रको फिल्म शोलेको प्रशंसा गरेका हुन्।
ट्रम्पले भारत र अमेरिकाबीच सांस्कृतिक आदानप्रदानकाे सम्बन्ध महत्त्वपूर्ण छ भन्ने कुरा औंल्याउने क्रममा दुई बलिउड स्टारको पनि नाम लीएका हुन्।
अमेरिकी राष्ट्रपतिले भने, “यो त्यस्तो देश हो जुन बलिउडको रूपमा चिनिने प्रतिभा र रचनात्मकताको केन्द्रबाट एक बर्ष २००० चलचित्रहरू उत्पादन गर्दछ।" विश्वका सबै मानिसहरू डान्स, संगीत, रोमान्स, नाटक र क्लासिक सबै कुराकाे मिक्स प्याकेज भारतीय फिल्महरू डीडीएलजे र शोलेबाट ठूलो आनन्द लिने उनले बताएका छन्।