काठमाडौं – फिल्म ‘हिजो आजका कुरा’ को गीत ‘माया जदौ’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको यो गीतमा दीपक शर्माको संगीत रहेको छ। यस्तै गीतकाे शब्द आनन्द अधिकारीले लेखेका हुन्।
भिडियोमा कलाकारको जम्बो टोलीको अभिनय देख्न सकिन्छ। भिडियोमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, भुवन चन्दका साथै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, केदार घिमिरे, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
यी कलाकारको अभिनय फिल्ममा पनि देख्न सकिनेछ। सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण गरेका हुन्। सन्तोष पन्त र साकार पन्तले निर्माण गरेको यो फिल्मलाई रवि सायमीले खिचेका हुन्।
https://youtu.be/v56I3tYAlnQ