एजेन्सी– बलिउड अभिनेत्री शिल्पा सेट्ठी दोस्रो सन्तानको आमा बनेकी समाचार बाहिरिएको केहीँ दिनमै एक अचम्मको खुलासा भएको छ। शिल्पा सेट्टीले दोस्रो सन्तान जन्माउन सेरोगेसी माध्यम अपनाएकी छन्।
उनको यसअघि नै एक छोरी छिन्। शिल्पाका श्रीमान् कुन्द्रा दोस्रो सन्तान चाहन्थे। तर, शिल्पाले आफ्नो गर्भबाट दोस्रो सन्तान जन्माइनन्। उनी सेरोगेसीको माध्यमबाट दोस्रोपटक आमा बनेकी हुन्। कामको व्यस्ताका कारण उनले सेरोगेसी आमा बन्नु परेको बताइएको छ।
भारतीय कानुनले कोख भाडामा लगाएर आफ्नो सन्तान जन्माउने प्रक्रिया (सेरोगेसी) लाई छुट दिएको छ। यसअघि शाहरूख खान र गौरी खान पनि सेरोगेसीको प्रक्रियाबाट पछिल्लो छोराका आमा बनेका थिए। बलिउडमा अरू पनि थुप्रै कलाकार सेरोगेसी प्रक्रियाबाट सन्तानका मातापिता बनेका छन्।
उनले सेरोगेसी माध्यमबाट आमा बन्ने चाहना व्यक्त गरिन्। सोही चाहनाअनुसार उनी यति बेला छोरीको आमा बनेकी हुन्। आफ्नो छोरीको जन्म एक साताअघि भएको भन्दै उनले इन्स्टाग्राममा छोरीको फोटो राखेर जानकारी गराएकी छन्। छोरीको नाम समीशा सेट्ठी कुन्द्रा राखेकी छन्।