एजेन्सी – फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय भएकाे छ। निर्माता करण जोहरले ट्विटरबाट नँया रिलिज मिति घोषणा गरेका हुन्। यो फिल्म आउँदो मार्च २४, २०२० मा रिलिज हुँदैछ।
फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् भने गुल्सन ग्रोभर, अभिमन्यु सिंह, निहारिका रायजादा, जैकी श्राफ, सिकंदर खेर, निकिटिन धीर र विवान भाटेनाले सहयोगी भूमिका खेलेका छन्। फिल्ममा अजय देवगन र रणवीर सिंह क्रमशः सिंघम र सिम्बाको भूमिका खेल्ने छन्।
https://youtu.be/VO4bux0Vgu4
करण जोहरले यो मार्च २४ देखि मुम्बई थिएटर २४ घण्टा र ७ दिन खुल्ला हुने पनि घोषणा गरेका छन्। उत्साहित बच्चाहरूको साथमा रणवीर सिंह, अजय देवगन र अक्षय कुमारलाई लिएर एउटा भिडियो बनाइ उक्त फिल्मकाे रिलिज मिति सार्वजनिक गरिएकाे हाे।
