एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी छिन्। २४ फेब्रुअरीमा पर्ने आफ्नाे आमाकाे पुण्यतिथिमा उनले श्रीदेवीसँगकाे तस्विरहरू शेयर गरेकी हुन्।
सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो। जाहन्वीले पुण्यतिथिको दिन आफ्ना बच्चा बेलाको तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आमा ! म तिमीलाई हरेक दिन निकै याद गर्छु।’
श्रीदेवीको अचानक भएको मृत्युले धेरैलाई पीडा दिएको थियो। उनी बलिउडकी नक्षेत्र हुन्। आज पनि उनलाई धेरैले याद गर्छन्।