काठमाडौं – निर्देशक प्रदीप भट्टराइले सन् २०२० मा नयाँ चलचित्र प्रदशनमा ल्याउने बताएका छन्। ‘जात्रैजात्रा’ पछि नयाँ चलचित्रमा काम नगरेका प्रदीप यही वर्षभित्र नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका हुन्।
उनी केही महिना यता स्क्रिप्ट लेखिरहेका छन्। “२०२० मा नयाँ चलचित्र रिलिज गर्ने योजना छ। अहिले आफ्नै चलचित्रको स्क्रिप्ट लेखिरहेको छु,” प्रदीप भन्छन्।
सोसल ड्रामा लेखिरहेको उनले चलचित्रको मेरुदण्ड नै स्क्रिप्ट भएकाले यसमा समय लगाउने तर सम्झौता नगर्ने बताए। ‘कमेडी च्याम्पिएन’का निर्णायकसमेत रहेका प्रदीपले यस अघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिसकेका छन्।