पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोजेको आरोपमा ४ जना पक्राउ परेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए।
पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जना रहेका छन्। सरकारका मन्त्री नै कमिसन मोलमोलाइ तथा भ्रष्टाचारमा संलग्न भएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएका हुन्।सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा राखिएको छ।