एजेन्सी– आफ्नो बयानका कारण डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर ट्रोल भइरहेकी छिन्। एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ।’
उनको यस बयानको चर्चा सोसल मिडियामा चलिरहेको छ। स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए। नायिकालाई सोधिएको थियो, ‘सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन ? ’ यसको जवाफमा स्वराले भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ।’
त्यसपछि प्रयोगकर्ताले लगातार उनको मजाक उडाइरहेका छन्। विकिपिडियाका अनुसार स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको थियो।
https://twitter.com/Salil_Kapoor/status/1231500119591313408?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E12315