काठमाडौं– नारायण रायमाझीको निर्देशनमा तयार रहेको चलचित्र ‘परदेशी २’को छायांकन आजैबाट सुरु गरिएको गरिएको छ। आज बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको हाे।
गायक प्रकाश सपुतले चलचित्रको छायांकन सुरु भएको बताएका छन्। प्रकाशका अनुसार, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकेकाे बताए।
यस चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ। उनले इमान्दार भएर चलचित्रको काम गर्ने र चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको बताएका छन्।
चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ। ‘परदेशी २’ले समेत आउँदो बर्षको दशैंमा प्रदर्शन मिति तोकिएको छ। चलचित्रको महाभिडन्त आउँदो बर्षको दशैंमा हुने देखिएको छ।