एजेन्सी– बलिउड सुपरस्टार सलमान खानको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन्।
लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले राजस्थानका कुख्यात शुटर रविलाई सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी दिएका थिए। अभिनेता सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न घरको बरण्डामा आउने समयमा उनलाई त्यहीँ मार्ने सम्पतले योजना बनाएका थिए।
उनी अहिले तिहाड जेलमा छन्। उक्त घटनामा संलग्न भूरालाई मुम्बई, पञ्जाबसहित कैयौँ राज्यको प्रहरीले उनलाई खोजिरहेको थियो।