काठमाडौं– चलचित्र ‘धुलो’को ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत सार्वजनिक भएको छ। ‘चार सय चालिसको बिजुली’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन्।
यो गीत केशव मिश्रले लेखेका हुुन् भने जुगल डंगोलको संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा यो गीत तयार भएकाे छ। भिडियोमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा विसी फिचर भएका छन्। करियोग्राफर लामिछानेको अनुसार सुकुम्बासी बस्तीका दुई मजदुरले आफू डान्सबारमा गएको कल्पनालाई भिडियोमा प्रस्तुत गरिएको छ।
राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको बिषयमा तायर पारेर यस चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् र उनको यो डेब्यु चलचित्र हो।
यस चलचीत्र फागुन १६ गतेबाट रिलिज हुनेछ। चलचित्रमा बुद्धि र अग्रजसँगै सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतको अभिनय रहेको छ।
चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवालाई विशेष भूमिकामा देख्न सकिने छ। यस चलचीत्रमा लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेको छ। रविन आचार्यले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
https://youtu.be/bPjA4ueWf4M