एजेन्सी– चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट तेहरान र इरानमा ६ जनाको ज्यान गएपछि नियन्त्रणका लागि विद्यालय तथा विश्वविद्यालयहरू बन्द गरिएको छ।
काेराेनाको संक्रमणबाट शनिबार राती थप १ जनाको ज्यान गएसँगै १४ प्रान्तका सांस्कृतिक केन्द्रहरू बन्द गरिएका छन्। २८ जनामा कोभिड–१९ संक्रमण देखिएको थियो। ६ जनाको ज्यान गएको हो र संक्रमितबाट गएको भन्ने कुरा खुलेको छैन।
ज्यान गुमाउनेहरू इरानी नागरिक नै भएको विश्वास गरिएको छ। एकै देशमा कोभिड–१९ का कारण ज्यान गुमाउने संख्या उच्च रहेको छ। चीनको हुबेइ प्रान्तको वुहानबाट महामारीका रूपमा फैलिएको भाइरसका कारण २४ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै ७७ हजार जनामा संक्रमण पुष्टि भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनले २३ हजार जना निको भएको जनाएको छ।