एजेन्सी– अमेरिकी पप गायक पप स्मोकको नकावधारीहरुले गोली हानी हत्या गरेका छन्। गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा उनको गोली हानी हत्या गरिएको हो।
लस एन्जल्स प्रहरी विभागको अनुसार उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको छ। गोली लागेका पोपको उपचारको लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको हो।
रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ। उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो।