एजेन्सी– बलिउडकी अभिनेत्री जिया खानले आत्महत्या गरेको सात वर्ष पुगिसक्दा पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन छोडेको छैन।
अभिनेत्री जिया खानले २५ वर्षकै उमेरमा २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनको मृत्यु भएपछि सूरज पंचोलीको नाम जोडिएको थियो। जियाको परिवारले उनको आत्महत्याको कारण सुरज रहेको आरोप लगाएका थिए।
उनको आत्महत्यापछि प्रहरीले सुरजलाई पक्राउ गरेको थियो। लामो समयसम्म सुरजको मुद्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेकका छन्।
यस्तो थियो जिया खानको ‘सुसाइड नोट’
‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ। तर अब गुमाउनको लागि केही बाँकी छैन। त्यसैले सबैकुरा खुलाउने समय आएको छ। यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु। जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु। म भित्रभित्रै टुक्रिइसकेकी छु। तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन। तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ। तिमीले मलाई तड्पाइरह्यौँ। सधैँ पीडा दियौँ। अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ। ..............सधैँ गर्भवती हुने डर भइरहन्थ्यो। तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ। तर यसको बदलामा तिमीले मलाई सधैँ दुख र पीडामात्र दियौँ।’
