एजेन्सी– इन्डोनेशिया बालीका एक न्युट्रिसियनिस्टले पछिल्लो एक वर्षदेखि पानी पिएकी छैनन्। पानी नपिएकै कारण उनी स्वस्थ भएको महसुस गर्छिन्।
३५ वर्षीया सोफी पार्तिकको अनुहारमा धेरै समस्या थियो। उनी फुड एलर्जी, सुख्खा छाला र कमजोर पाचन शक्ति जस्ता समस्याबाट ग्रसित थिइन्। थुप्रै प्रयास र उपचारपछि पनि उनले ती समस्याबाट छुटकारा पाउन सकेकी थिइनन्।
तर उनले ‘ड्राइ फास्टिङ’ गर्दा समस्याको निराकरण हुन्छ भन्ने थाहा पाइन्। ‘ड्राइ फास्टिङ’ भनेको पानी नखाने व्रत हो। उनले आफ्नो साथीको सल्लाहमा ड्राई फास्टिङ सुरु गरेको बताएकी छन्।
पानीबाहेक उनले नियमित रुपमा फलफूल सहित रस पिउने गर्छिन्। पानी तिर्खा लागेमा उनी फलफूलको जुस पिउँछिन्। अहिलेसम्म सोफी ५३ घण्टा बिना तरल पर्दाथ बस्न सकेकी छन्। अब उनी १० दिनसम्म बिना कुनै तरल पर्दाथ बस्न चाहन्छिन्।
सोफी भन्छिन्, ‘हामी पानी बिना बाँच्न सक्दैनौँ भन्ने केवल भ्रम हो। हामीले आफ्नो चाहनासँग जित्न आफूमा आत्म नियन्त्रण कायम गर्न आवश्यक छ। ‘जब मैले ड्राई फास्टिङ गर्न सुरु गरेँ, धेरै समस्या उत्पन्न भयो। तर मैले ती सबैलाई जितेकी छु।’
उनका अनुसार ड्राई फास्टिङ गर्ने हो भने केही समयमा नै हाम्रो शरीरलाई पानी आवश्यक छैन भन्ने बुझ्छौँ। तर यो फास्टिङ गर्न निकै गाह्रो भएको उनी बताउँछिन्। फास्टिङ सुरु गरेको दिन धेरै समस्या भोग्नुपरे पनि अहिले आफू पहिलेभन्दा धेरै स्वस्थ रेहेकोमा उनी खुशी छिन्।