एजेन्सी – बलिउड अभिनेत्री कियारा आडवाणीको टपलेश फोटोले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीरमा कियारा टपलेश भएर एक पातले छोपिएको देख्न सकिन्छ। कैयौँले कियाराको यो तस्वीर मनपरेको प्रतिक्रिया दिइरहेका छन् भने धेरै यो तस्वीरको मजाक बनाएका छन्।
कियाराको तस्वीरलाई लिएर फेसबुकमा थुर्पै मिमी बनेका छन्। कियारालाई कतिले फिल्म ‘कबीर सिंह’ स्टाइलले तस्वीर प्रश्न सोधेका छन्। ‘कबीर सिंह’ मा कियाराले एक सोझी युवतीको भूमिका निर्वाहा गरेकी थिइन्।
कियाराको तस्वीर इडिट गरि कतिले कपडा लगाइदिएका छन् भने कतिले त ‘अवतार’ फिल्मकी नायिकाजस्तो बनाइदिएका छन्। उनको यो तस्वीर बलिउडमा मात्र होइन नेपालमा पनि निकै भाइरल भएको छ।