काठमाडाैं– सुपरहित नेपाली फिल्म ‘प्रेम गीत’ काे तेस्राे पार्ट ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक भएकाे छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यालनबाट ‘हर युग हाेस प्रेमकाे गीतकाे...’ बाेलकाे गीत सार्वजनिक गरिएकाे हाे।
गीतमा स्वर प्रताप दास र प्रबिसा अधिकारीकाे रहेकाे छ। गीतकाे शब्द भने राजेश कुमार श्रेष्ठले लेखेका हुन् भने संगीत अलिस कार्कीकाे रहेकाे छ।
फिल्म ‘प्रेम गीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरूङ, शिव श्रेष्ठ, सुनील थापा लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ। फिल्मकाे निर्माता सन्ताेष सेन हुन् भने फिल्मलाइ चेतन गुरूङ र सन्ताेष सेनले संयुक्त रूपमा निर्देशन गरेका हुन्। ‘प्रेम गीत ३’ चैत्र २८ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।
https://youtu.be/82u-4xcsyJU?t=5