एजेन्सी– लामाे समयसम्म अभिनयबाट टाढा बसेकी बलिउड अभिनेत्री करिश्मा कपूर वेब सिरीजमार्फत् अभिनय क्षेत्रमा कमब्याक गर्ने तयारीमा छिन्। उनीएकता कपूरद्वारा निर्देशित "मेन्टलहुड" वेब सिरीजमा देखिने भएकी हुन्।
आमाको बारेमा आधारित नाटकमा डिनो मोरिया, श्रुति सेठ, सन्ध्या मृदुल लगायतका अन्य कलाकारहरू छन्। करिश्मा अन्तिम पटक विक्रम भट्टको फिल्म "डेन्जरश इश्क" मा देखिएकी थिइन्।
अल्ट (ALT) बालाजीमा यस मार्चदेखि स्ट्रिम हुने एकता कपूरको वेब सीरिज "मेन्टलहुड" मा अभिनेत्री करिश्मा कपूर देखिने छिन्। यो सिरीजमा आमाहरूले एकै समयमा बच्चाहरूलाई कसरी उत्तम पालनपोषण गर्छन् भनेर देखाइने छ। निर्माताहरूले याे वेब सिरीजकाे पहिलो लुक पोस्टर सार्वजनिक गरिसकेका छन्।