एजेन्सी– होमोसेक्सुअलका कारण आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ लाई दुबईमा प्रतिबन्ध लगाइएको छ। दुबईको एक मनोरन्जन पोर्टलले समलिंगी पुरुषको प्रेमलाई देखाइएको बलिउडको पहिलाे फिल्म दुबईमा प्रतिबन्ध गरिएकाे र याे दुःखको कुरा रहेकाे जनाएकाे छ।
फिल्मको निर्माताहरूले चुम्बन दृश्य का कारण फिल्म प्रतिबन्धमा परेकाे भए जितेन्द्र र आयुष्मानबीचको चुम्बन दृश्य काट्न प्रस्ताव गरेका थिए। तर फिल्मकाे स्क्रिप्ट राम्राे नभएकाले फिल्म प्रदर्शन हुन नसकेकाे हाे। हितेश केवल्यद्वारा निर्देशित फिल्म ‘शुभ मंंगल ज्यादा सावधान’ मा भारतको सानो शहरमा रहेका दुई पुरुषबिचकाे प्रेमलाई देखाइएको छ।