एजेन्सी– एक महिलाले आफ्नै पतिसँग यौन सम्बन्ध राख्दा ज्यान गुमाउनु परेको छ। यो घटना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो।
महिलाका पतिले केही औषधिको सेवन गर्दै आएका थिए। जसकारण पतिसँग सम्बन्ध राख्दा महिलाको शरिरमा यस्तो एलर्जी निस्कियो, जसलाई चिकित्सकले पनि ठिक गर्न सकेनन्।
अमेरिकन जर्नल अफ मेडिसीनमा प्रकाशित रिर्पोटमा पतिले सेवन गर्दै आएको औषधिका कारण महिलाको ज्यान गएको उल्लेख गरिएको छ।
सुरुवातमा महिलालाई लो प्रेसर भएको चिकित्सकले अनुमान गरेका थिए। तर पछि थाहा भयो की महिलालाई ‘anphylactic shock’ भएको रहेछ। महिलाका पतिलाई ब्याक्टेरीयल इन्फेक्सनका कारण पेनिसिलिन दिइदै आइएको थियो।
अस्पतालले डिस्चार्ज गर्ने समयमा महिलालाई एक हप्ता यौन सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको थियो। किनकी उनका पतिलाई दिइने एन्टीबायोटिक्सको डोज जबसम्म पुरा हुँदैन्।
तर महिलाले उक्त समयमा पनि यौन सम्बन्ध राखेका कारण उनले ज्यान गुमाउनु परेको रिर्पोटमा उल्लेख गरिएको छ।