एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ। सो कुराको पुष्टि अमेरिकी रक्षा विभागले गरेको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पसहित २ लाखको व्यक्तिगत विवरण ह्याक भएको अमेरिकी रक्षा विभागले जानकारी दिएको छ। राष्ट्रपति ट्रम्पको फोनवार्ता पनि ह्याक भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी सबै सञ्चार सुरक्षाको जिम्मेवारी ‘डिफेन्स इन्फर्मेसन एजेन्सी’ ले लिएको छ। एजेन्सीमा ८ हजार सैनिक तथा नागरिक कार्यरत छन्।
कसले केका लागि यस्तो साइबर आक्रमण गरिरहेको छ भन्ने कुरा भने अझै थाहा पाउन बाँकी रहेको रक्षा विभागका प्रवक्ताले बताएका छन्। यस्ता आक्रामण दिनानुदिन भइरहेको र त्यसबाट बच्ने उपयाहरू पहिल्याउँदै आइएको उनले जानकारी दिएका छन्। साथै उनले अझै आक्रमणको खतरा भएको बताएका छन्।
तर व्यक्तिका त्यस्ता विवरण अहिलेसम्म गलत प्रयोग भएको जानकारी भने नआएको रक्षा विभाग प्रवक्ताले जनाएका छन्।